    
|
| "संसारलाई अनुग्रह भएका दशवटा सौन्दर्य मध्ये नौवटा जेरुसेलमलाई प्राप्त भयो र बाँकी एक शेष संसारलाई"(बेबीलोनकालीन टाल्मुड:कीदुसीनस्तोत्र ४९.२) |
|
| इजरायल एक परिचय |
| केही बर्ष यता धर्म निरपेक्ष मुलुक भनेर भनिएतापनि हिन्दु धर्मालम्वीहरुको प्रमुख बाहुल्यता रहेको एक मात्र देश नेपाल हो र विश्वकै एक मात्र यहुदी राज्य इजरायल हो। दुबै राष्ट्रहरु आ-आप्नो इतिहास र सम्पन्न संस्कृतिका लागि प्राचीन कालदेखि नै प्रसिद्ध रहँदै आएका छन् । |
नाजी शासक द्वारा युरोपमा गरिएको यहुदीहरुको आम विनाशमा करिब ६० लाख यहुदीहरुको अत्यन्तै क्रुरता पूर्वक हत्या गरिएपछि यहुदीहरुको लामो, नितन्तरता, अथक एवं बलिदानीपूर्ण संघर्षबाट सन् १९४८ मा आधुनिक राष्ट्र इजरायलको स्थापना भयो । इजरायली जनताहरुले हिजो पनि कठिनाइहरु भोग्दै आएका थिए र भोलि पनि केहि समस्या भोग्नु पर्ने भए पनि आफ्नो राष्ट्रका खातिर सधै प्रतिबद्ध छन् । |
इजरायल स्वतन्त्र भएदेखियता राष्ट्रिय सुरक्षा र विकासका कृयाकलापहरुको संरक्षण र सम्वर्दन सँगसँगै हुँदै आएको छ । इजरायलले कृषि, सिंचाइ, औषधी विज्ञान, सञ्चार,सुचना, सुचना-प्रविधि, वातावरण प्रविधि, सुरक्षा र हवाई उड्यन प्रणाली आदी जस्ता क्षेत्रमा महत्वपूर्ण उपलव्धिहासिल गर्दै आएको छ। |
| नेपाल र इजरायलको लामो समयदेखि विद्यमान ऐतिहासिक सम्बन्ध र मित्रतालाई प्रबर्द्वन गर्ने उत्तरदायित्व दुबै राष्ट्रमा आइपरेको छ । जनस्तरमा इजरायल बारे जानकारी प्रवर्द्वन गर्ने उद्देश्यले नेपालमा आयोजना हुने कार्यक्रमले दुवै देश बिच विद्यमान रहदै आएको सम्वन्धलाई सुदृढ पार्न एवं जनताबीच अझ बढी समझदारी अभिवृद्वि गर्न महत्वपूर्ण भूनिका खेल्नेछ। नेपाल-इजरायल मैत्री संघ र बालमञ्च नेपाल द्वारा बार्षिकरुपले संचालन हुदै आएका नेपाल-इजरायल मैत्री बिषयक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताहरु यस्तो कार्यक्रमका उदाहरण हुन र यस्ता किसिमका कार्यक्रमका लागि यो हाम्रो वेब साइट को About Israel स्तम्भ अन्तर्गतको इजरायल एक परिचय मार्गदर्शक हुन सक्छ। |
|
|
| हामी इजरायल एक परिचय अन्तर्गत बिभिन्न बिषयमा चर्चा गरेका छौं---... |
|
| »भूमी- |
बाइबलको देश तथा यहुदीहरुको ऐतिहासिक मातृभूमी इजरायल मध्यपूर्वमा भूमध्यसागरको पूर्वी किनारामा अवस्थित छ।इजरायलले एसिया, अफ्रिका र युरोप गरी तीन महादेशको बीचको सेतुको काम गरेको छ। यो भूमीमा यहुदीहरुको करीब चार हजार बर्ष...... +More |
| »जनजीवन- |
| यहुदी राष्ट्रका रुपमा स्थापना भएको ६० लाख भन्दा वढी जनसंख्या भएको इजरायलको समाजमा विभिन्न धर्म, संस्कृति र सामाजिक परम्पराको सम्मिश्रण भएको छ। जन्म र स्थायी निवासलाई नागरिकता प्रदान गरिएको हुन्छ भने अङ्गीकृत...... +More |
| |
| |
| |
     |